नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आइतबार १ लाख ९ हजार ३०० रुपैयाँमा कारोवार भएको सुन आज २ सय रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ६सय रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । आइतबार तोलामा १४ सय ४० रुपैयाँ कारोवार भएको चाँदी आज १४ सय २० रुपैयाँमा कारोवार भइरहेको छ ।
प्रतिक्रिया