लुम्बिनी विकास बैंकले ऋणपत्र ल्याउन धितोपत्र बोर्डबाट पायो अनुमति

लुम्बिनी विकास बैंकले ऋणपत्र ल्याउन धितोपत्र बोर्डबाट पायो अनुमति

केन्द्रबिन्दु
0
Shares

धितोपत्र बोर्डबाट लुम्बिनी विकास बैंकले ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ। बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो ।

बैंकले बोर्डबाट १ हजार रुपैयाँ प्रतिइकाई दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो। जसमध्ये सर्वसाधारणका लागि ४ लाख इकाई खुला हुनेछ। बाँकी रहेको ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने जनाएको छ ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैङ्किङले गर्नेछ ।उक्त ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याजदर पाइनेछ। बैंकले १० वर्ष अवधिको ‘एलबीबीएल डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । 

Skip This
Skip This
Logo