एनसेलले अब ९७० रेञ्जबाट मोबाइल नम्बर उपलब्ध गराउने

एनसेलले अब ९७० रेञ्जबाट मोबाइल नम्बर उपलब्ध गराउने

केन्द्रबिन्दु
0
Shares

एनसेल आजियटाले अबदेखि ९७० रेञ्जबाट प्रयोगकर्तालाई मोबाइल नम्बर उपलब्ध गराउने भएको छ ।

बिहीबार एनसेलले सूचना जारी गर्दै ९८० रेञ्जमार्फत नम्बर उपलब्ध गराउँदै आएको चालु रेञ्जमा सिमकार्ड सकिएकोले अब ९७० बाट नयाँ नम्बर उपलब्ध गराउने जानकारी दिएको छ ।  सूचनामा उल्लेख गरिएको छ, ‘यस एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्धारा मिति २०७९/१२/६ मा स्वीकृति प्रदान गरिएको पत्र अनुसार ९७०XXXXXX देखि सुरू हुने नयाँ मोबाइल नम्बर सुचारू गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौं ।’

एनसेलले दूरसञ्चारको नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ नम्बरिङ रेञ्जका लागि स्वीकृति पाइसकेको  र सोही अनुरुप अब ९७० बाट सुरु हुने मोबाइल नम्बर वितरण गर्न कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo