लुम्बिनी आउने धर्मावलम्बीका लागि लक्ष्मी केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान

लुम्बिनी आउने धर्मावलम्बीका लागि लक्ष्मी केयर्सद्वारा विद्युतीय सवारी साधन प्रदान

केन्द्रबिन्दु
0
Shares

लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित तथा सञ्चालित गैर सरकारी संस्था लक्ष्मी केयर्सले लुम्बिनी सम्पदा क्षेत्र परिसरमा प्रयोगका लागि दुई थान विद्युतीय सवारी प्रदान गरेको छ । 

सो सवारी साधनहरु ज्येष्ठ नागरिक, फरक ढंगले सक्षम लगायतका धर्मावलम्बी तथा पर्यटकहरुलाई लुम्बिनी सम्पदा क्षेत्र परिसरभित्र निशुल्क यात्राको लागि प्रयोग हुनेछ । आउँदो बुद्व जयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउने धर्मावलम्बीहरुको सुविधालाई ध्यानमा राख्दै सो विद्युतीय सवारीहरु प्रदान गरिएको हो । 

आज लुम्बिनीमा आयोजित एक कार्यक्रमका बीच सो विद्युतीय सवारीहरु लक्ष्मी केयर्सका अध्यक्ष अनुप श्रेष्ठ र पूर्व अध्यक्ष तथा सल्लाहकार शिशु जोशीले संयुक्त रुपमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय शाक्यपुत्तलाई हस्तान्तरण गरे । कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारी सञ्चालक समितिका सदस्यहरु तथा लक्ष्मी केयर्सका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।   

लक्ष्मी केयर्सले गत २०७९ चैत्र १८ गते काठमाडौंमा आयोजना गरेको अरेन्ज भाइब्स, २०२३ सागिंतिक कार्यक्रममा संकलित रकमबाट उपरोक्त विद्युतीय सवारीहरु सहयोग प्रदान गरेको हो । लक्ष्मी बैंकले विभिन्न सामाजिक कार्यमा सदुपयोग गर्नका लागि रकम संकलन गर्ने उद्देश्यले विविध कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

Logo