औद्योगिक निर्माणको बजेट बैंकको मुद्दती खातामा राखेर मुनाफा खान्छन्ः मन्त्री रिजाल

औद्योगिक निर्माणको बजेट बैंकको मुद्दती खातामा राखेर मुनाफा खान्छन्ः मन्त्री रिजाल

केन्द्रबिन्दु
0
Shares

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक क्षेत्र निर्माणका लागि मन्त्रालयले पठाएको बजेटबाट मुनाफा लिएको दाबी गरेका छन् । 

शुक्रबार नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १८औं वार्षिक साधारण सभामा मन्त्री रिजालले मन्त्रालयले पठाएको बजेट बैंकको मुद्दती खातामा राखेको तर सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणमा कुनै ध्यान नदिएको टिप्पणी गरेका हुन् । 

उनले भने, ‘उद्योगमा लगानीको वातावरण बनाउनका लागि औद्योगिक क्षेत्रको निर्माण गरिएको हो । तर आज उद्योगीहरुले उद्योग स्थापनाको लागि जमिन पाइराखेका छैनन् भने सरकारले घोषणा गरेको औद्योगिक क्षेत्रमा पूर्वाधार बन्न सकेका छैनन् । औद्योगिक क्षेत्रहरु निर्माणका लागि मन्त्रालयले पठाएको बजेट बैंकमा मुद्दती खातामा राखेका छन् ।’ 

मन्त्री रिजालले औद्योगिक विकासको लागि पठाएको बजेट मुद्दती खातामा राखी ब्याज दरको मुनाफा लिने छुट संस्थाको व्यवस्थामा नभएको भन्दै यस्तो कार्य तत्काल अन्त्य गर्नुपर्ने बताए । 

Logo