सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक सम्मानित

सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक सम्मानित

केन्द्रबिन्दु
0
Shares

हिमालयन बैंक वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा सम्मानित भएकाे छ। करिब दुई दशकदेखि आफ्नो विप्रेषण सेवा “हिमालरेमिट” मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा-सुबिधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ ।

नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेकोे एक समारोहका बीच राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन् ।

हिमालयन बैंकले आ.व. २०७८/७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको हो ।

हाल बैंकले देश भरि फैलिएका हिमालरेमिटका १८ हजार भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ ।

बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा पनि प्रदान गर्दै आएकोे छ ।

Skip This
Skip This
Logo