मोटरसाइकलमा किन हराउँदै छ किक स्टार्ट सिस्टम ?

मोटरसाइकलमा किन हराउँदै छ किक स्टार्ट सिस्टम ?

केन्द्रबिन्दु
0
Shares

मोटरसाइकल स्टार्ट गर्नका लागि किक स्टार्टको सुविधा धेरै कम्पनीहरुले पहिलेदेखि नै प्रयोग गर्दै आएको पाइन्छ । तर, पछिल्लोसमय प्रविधिले उचाई लिँदा मोटरसाइकलहरु पनि हाइटेक बन्दै गएका छन् । हरेक वर्ष मोटरसाइकलमा कुनै न कुनै नयाँ सिस्टम आउने क्रममा किक स्टार्ट सिस्टम भने हट्दै गएको छ । 

पछिल्लोसमय मोटरसाइकलहरुमा सेल्फ स्टार्ट र किक स्टार्ट सिस्टम दुबै जडान गरिएको पनि पाइन्छ । तर, कतिपय महँगो र प्रिमियम बाइकमा भने कम्पनीहरुले किक स्टार्ट राख्न नै बन्द गरेका छन् । नयाँ पुस्ताका राइडरहरुका लागि इलेक्ट्रिक स्टार्ट अनिवार्य जस्तै बन्दा लामो समयदेखि मोटरसाइकल चढिरहेका राइडरहरुका लागि भने यो असामान्य लाग्न सक्छ । 

किन आउन छाडे मोटरसाइकलहरुमा किक स्टार्ट सिस्टम ?

१. फ्युल इन्जेक्सन सिस्टम

अहिले फ्युल इन्जेक्सन अर्थात एफआई इन्जिन भएका मोटरसाइकल आउन थालेका छन्, जसमा ट्यांकीबाट इन्जिनमा फ्युल पु¥याउनको लागि मोटर जडान गरिएको हुन्छ । किक स्टार्ट सिस्टम हुँदैन ।  यसमा फ्युल इन्जेक्टरबाट राम्रो थोपाको रुपमा इन्जिनमा पेट्रोल जान्छ । यी इलेक्ट्रिकल कम्पोनेन्ट अपरेसनल नहुँदासम्म इन्जिनले कार्य गर्दैन । यसका लागि थोरै मात्र भोल्टेज भए पनि पुग्छ ।

२.एड्भान्स्ड सेल्फ स्टार्ट

अधिकांश मोटरसाइकले पावरफुल सेल्फ–स्टार्ट टेक्नोलोजीको प्रयोग गर्छन् । यसकारण पनि अहिलेका मोटरसाइकलमा किक स्टार्ट हुँदैन । एड्भान्स्ड सेल्फ स्टार्ट टेक्नोलोजीमा लामो समय टिक्ने ब्याट्री र बलियो मोटरको प्रयोग गरिएको हुन्छ । कुनै पनि कन्डिसन र मौसममा यस्ता मोटरसाइकललाई स्टार्ट गर्न सकिन्छ ।

३.सुविधायुक्त

अधिकांश नयाँ पुस्ताका राइडरहरुका लागि इलेक्ट्रिक स्टार्ट अनिवार्य जस्तै बनेको छ । क्रुजर मोटरसाइकलमा त झन् अन्य मोटरसाइकलको भन्दा सिट होचो हुन्छ । उनीहरु किक स्टार्ट गर्न असहज मान्छन् । धेरै राइडरहरु खुट्टा तल र माथि गरी किक स्टार्ट प्रयोग गर्न रुचाउँदैनन् । यो अवस्थामा सेल्फ–स्टार्ट नै धेरैका लागि सहज हुन्छ ।

४.लागतमा पनि कमी

पहिले बाइकको सेल्फ छिट्टै बिग्रिन्थ्यो, जसमा कम्पनीहरुले धेरै काम गरेर यो कमीलाई पनि हटाएका छन्, जसका कारण धेरै महँगो बाइकमा किक स्टार्टको आवश्यकता हराउन थाल्यो । यी बाइकको ब्याट्री पनि बाइकको इनर्जी रिजेनेरेटिभ सिस्टममार्फत आफैं चार्ज हुन्छ । पछिल्लो समयमा इलेक्ट्रिक स्टार्टर नै लोकप्रिय बन्दै गएको छ ।

Skip This
Skip This
Logo