प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब मुलुकको आर्थिक सकस सकिएर आर्थिक अभिवृद्धि हुने बताएका छन् ।
सोमबार नवलपुर जिल्लाको गैडाकोटस्थित मौलाकालिका मन्दिर जान संचालनमा ल्याइएको मौलाकाली केबलकारको औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । अहिले पनि मुलुकको अर्थतन्त्र थला परेको बताउँदै उनले अब मौलाकाली केबलकार संचालनमा आएपछि पुनः मुलुकको अर्थतन्त्र सबल हुने विश्वास व्यक्त गरे ।
‘चन्द्रागिरि संचालनमा आएपछि एकाएक आर्थिक वृद्धिदर बढेको हुनाले अब मौलाकाली केबलकार संचालनमा आएपछि पुनः मुलुकको सिथिल अर्थतन्त्र सबल हुने विश्वास लिएको छु । चितवन नवलपुर क्षेत्रलाई विशेष आर्थिक क्षेत्र बनाउने मेरो सपना छ, अब सपना पुरा गर्ने चुनौतीलाई पूरा गर्ने दायित्व लिएको छु।’ उनले भने ।
उनले थपे, ‘सरकारले थुप्रै राम्रा काम गरेको छ, अझै राम्रो गर्न तयार छ, सबैले मिलेर गयौँ भने अवश्य हामी सफल हुन्छौं।’
साथै प्रधानमन्त्री प्रचण्डले आफ्नो र आइएमई ग्रुप एवं उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको यात्रा मिल्दो भएको पनि बताए। ‘चन्द्रजी बागलुङको गाउँको सामान्य परिवारमा जन्मेर पनि सफल व्यवासायी तथा महासंघको नेतृत्वमा पुगे जस्तै मैले पनि देशको नेतृत्व गर्न पाउँछु भन्ने सोचेको पनि थिएन।’ उनले भने ।





























प्रतिक्रिया