गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा निःशुल्क सर्भिस क्याम्प सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने नेपाल ल्युब आयल लिमिटेडले नुवाकोटमा तीन दिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न गरेको छ । 

कम्पनीकाे आधिकारिक बिक्रेता गणपति ईन्टरप्राइजेजमार्फत नुवाकोटस्तिथ सागर रिमाल मोटरसाइकल वर्कसपमा सो क्याम्प सम्पन्न गरेको हाे ।  

नयाँ वर्षलाई लक्षित क्याम्पमा सहभागी मोटरसाइकल र स्कूटरका ग्राहकलाई आकर्षक नया वर्ष अफर  पनि प्रधान गरिएको थियो।  सो अफर अन्तर्गत लुब्रिकेन्टमा ५ प्रतिशत र स्पेयर पार्ट्स खरिदमा ७ प्रतिशतसम्मको आकर्षक छुट सहभागी ग्राहकहरुले पाएका थिए । क्याम्पमा ग्राहकहरुको लागि जलपानको पनि उत्कृष्ट व्यवस्था गरिएको थियो।  क्याम्पमा ८० जना भन्दा धेरै सहभागी भएको कम्पनीले जनाएकाे छ ।

क्याम्पको बारे प्रतिक्रिया दिँदै सागर रिमाल मोटरसाइकल वर्कसपका संचालक सागर रिमालले भने, "गल्फ लुब्रिकेन्टद्वारा नुवाकोटमा पहिलो पटक आयोजना गरेको यो क्याम्पमा ग्राहकहरुको उत्साहित सहभागिता थियो । उत्कृष्ट सर्भिस र आकर्षक अफरका कारण ग्राहकहरु निकै हर्षित भएका थिए। आगामी दिनमा पनि यस्तै क्याम्प संचालन गर्न हामीलाई प्रेरणा मिलेको छ।"

नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्षदेखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ।  

Skip This
Skip This
Logo