वर्तमान अवस्था व्यवसायीका लागि चुनौतीपूर्ण छः अध्यक्ष ढकाल

वर्तमान अवस्था व्यवसायीका लागि चुनौतीपूर्ण छः अध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्यवसायीका लागि अहिलेको अवस्था एकदमै चुनौतीपूर्ण रहेको बताएका छन् । 

ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको २८औं साधारणसभामा अध्यक्ष ढकालले व्यवसायीका लागि अहिलेको अवस्था चुनौतीपूर्ण रहेको र त्यसका लागि सरकार र निजि क्षेत्रबीच समन्व हुन जरुरी रहेको बताएका हुन् । 

निजि क्षेत्रको उद्देश्य नाफा मात्र कमाउने हो यसको कुनै जिम्मेवारी छैन भन्ने सर्वसाधारणको सोच गलत भएको बताएका उनले व्यवसायीले नै ८० प्रतिशत रोजगारी दिएको स्मरणसमेत गराए । 

उनले भने ,‘व्यवसायीहरूको अवस्था एकदमै चुनौतीपूर्ण छ । सरकार र निजी क्षेत्रको सहजीकरण कसरी गर्ने र साझेदारीको रुपमा कसरी अगाडि बढाउने भन्ने कुरा छ । निजी क्षेत्र भनेको नाफा मात्र कमाउने मात्र हो यिनीहरूको अरु कुनै जिम्मेवारी छैन भन्ने छ । तर त्यस्तो होइन निजी क्षेत्र भनेको ८० प्रतिशत भन्दा बढी रोजगारी दिने क्षेत्र हो ।’ 

अध्यक्ष ढकालले निजि क्षेत्र र वैदेशिक रोजगारीले देशको अर्थतन्त्रमा सकरात्मक भूमिका खेलेको बताए । 

Skip This
Skip This
Logo