कस्तो छ नेपाल भित्रिँदै गरेको टीभीएसको रेट्रो मोटरसाइकल रोनिन ?

कस्तो छ नेपाल भित्रिँदै गरेको टीभीएसको रेट्रो मोटरसाइकल रोनिन ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा टीभीएसको रेट्रो मोटरसाइकल रोनिन भित्रिने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो रेट्रो मोटरसाइकल ल्याउने तयारी भइरहेको बताएको हो । 

कम्पनीका अनुसार सायद चालु आर्थिक वर्ष भित्रै यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुनेछ । नेपाली नयाँ वर्षको अवसरमा नेपालमा सार्वजनिक हुने चर्चा भए पनि उक्त मोटरसाइकल औपचारिक रुपमा भने चर्चा भएको छैन । 

कस्ता छन् विशेषता ? 

रोनिनमा २२५.९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले ७ हजार ७५० आरपीएममा १५ दशमलव शून्य १ किलोवाटको पावर र ३ हजार ७५० आरपीएममा १९ दशमलव ९३ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । कम्पनीले सो बाइकको टप स्पिड १२० किलोमिटर प्रतिघन्टा रहेको दाबी गरेको छ । टीभीएसले यो इन्जिनले उत्कृष्ट परफर्मेन्स दिने दाबी गरेको छ । यो साइलेन्ट स्टार्ट सिस्टम आइएसजीसँग आउँछ ।

यो नयाँ मोटरसाइकललाई टीभीएसले डवल क्रेडल फ्रेम सस्पेन्डेड चेसिसमा निर्माण गरेको हो । ४१ एमएमको एड्जस्ट गर्न नमिल्ने सोवा विग पिस्टन फर्क र ग्यास चार्जड मोनोशक सस्पेन्सन जडान गरिएको छ । यो वाइकको कुल तौल १६० किलोग्राम रहेको छ भने डुअल च्यानल र सिंगल च्यानल एबिएस अप्सनमा उपलब्ध छ । वाइकमा १४ लिटर क्षमताको फ्युल ट्यांक जडान गरिएको छ ।

रोनिनमा नयाँ प्रविधिको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । जहाँ कम्पनीको प्याटेन्टेड टीभीएस स्मार्ट कनेक्ट ब्लुटुथजस्ता फिचर समावेश गरिएको छ । साथै बाइकमा भ्वाइस असिस्ट फिचर उपलब्ध छ, जसले यस बाइकलाई अझ आकर्षक बनाएको कम्पनीको दाबी छ । 

वाइकमा पूर्णत एलईडी लाइट र सर्कुलर हेडल्याम्प जडान गरिएको छ ।

Logo