एनआईसी एशिया क्यापिटलद्वारा एकैपटक तीन कम्पनीसँग शेयर रजिष्ट्रार सेवासम्बन्धी सम्झौता

एनआईसी एशिया क्यापिटलद्वारा एकैपटक तीन कम्पनीसँग शेयर रजिष्ट्रार सेवासम्बन्धी सम्झौता

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया क्यापिटलले एकैपटक तीन वटा कम्पनीहरु सँग शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको छ । 

क्यापिटलले भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेड, डोल्ती पावर कम्पनी लिमिटेड तथा मेन्छियाम हाइड्रोपावर लिमिटेडसँग शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न गरेको हो । 

उक्त शेयर रजिष्ट्रार सेवाअन्तर्गत माथि उल्लेखित कम्पनीहरुको सर्वसाधारणमा बाँडफाँड भएको साधारण शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको शेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज, शेयर नामसारी, शेयरधनी लगत अध्यावधिक गरि राख्ने लगायतका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु आगामी आइतबारदेखि थापाथलीस्थित एनआईसी एशिया क्यापिटलको कार्यालयबाट हुने जानकारी पनि गराइएको छ । 

साथै क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु एनआईसी एशिया क्यापिटलको “Mobile App” बाट समेत हेर्न सकिनेछ ।  

Skip This
Skip This
Logo