नेपाली उत्पादन प्राथमिकतामा छ : मन्त्री रिजाल

नेपाली उत्पादन प्राथमिकतामा छ : मन्त्री रिजाल

केन्द्रबिन्दु
0
Shares

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले लघु, घरेलु तथा साना उद्योग र हस्तकलाजन्य उत्पादनको प्रवद्र्धनमा सरकारको प्राथमिकता रहने बताएका छन्।

ललितपुरको सातदोबाटोमा उद्यमी घरको शुभारम्भ गर्दै उनले नेपाली उत्पादन र हस्तकलाका सम्बन्धमा आगामी वार्षिक नीति तथा कार्यक्रममा पनि प्राथमिकता दिइने बताए ।

आगामी आर्थिक वर्षका लागि तयार हुँदै गरेको नीति तथा कार्यक्रममा घरेलु हस्तकलाजन्य सामग्री, कृषि तथा उद्यमका सम्पूर्ण नेपाली उत्पादनलाई उचित सम्बोधन गरी प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताए ।

Logo