राजस्वबाट प्राप्त हुने आम्दानी यो वर्ष थोरै छ : अर्थमन्त्री महत

राजस्वबाट प्राप्त हुने आम्दानी यो वर्ष थोरै छ : अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएका छन्। उनले स्रोत अभावको समस्याका बाबजुद विकासलाई प्राथमिकतामा राखेको बताएका हुन्।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका नाम्सापुराणस्थित छेवाङ ग्लान ङाछर्यालिङ गुम्बामा गुरु पद्मसम्भव मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रममा बोल्दै उनले भएको स्रोतलाई विकासमा परिचालन गर्ने बताएका हुन् ।

‘हामीसँग राजस्वबाट प्राप्त हुने आम्दानी यो वर्ष थोरै छ। यो थोरै आम्दानीलाई देशैभरिका विकास निर्माणमा पुर्‍याउनुपर्ने हुन्छ,’ उनले भने, ‘स्रोतको समस्या छ, यसका बाबजुद सम्भव भएका काम हुनेछन्, विकासमा परिचालन गरिनेछ ।’ आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको उल्लेख गर्दै उनले चुनौतीको सामना गर्न तयार रहेकोसमेत बताए ।

Logo