अहिले अर्थतन्त्रमा शिथिलता देखिएको छः अर्थमन्त्री डा. महत

अहिले अर्थतन्त्रमा शिथिलता देखिएको छः अर्थमन्त्री डा. महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता देखिएको टिप्पणी गरेका छन् । 

आईतबार बैंक तथा वित्तीय संस्था परिसंघद्वारा काठमाडौंमा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै उनले अर्थतन्त्रमा शिथिलता देखिएका कारण धेरै लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका हुन् ।  । 

उनले भने, ‘अर्थतन्त्रमा शिथिलता देखिएको छ । आज देखिएको समस्या समाधान वित्त नीति भन्दा पनि मौद्रिक नीतिले गर्न सक्छ । अहिले हामीसँग फिस्कल स्पेस छैन । फिस्कल स्पेस पनि बढाउनु पर्छ । तर, अहिले मनिटरी स्पेसमार्फत अर्थतन्त्र चलायमान हुन सक्छ । राष्ट्र बैंकका अधिकारीहरुले यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने प्रतिबद्धता जनाउनु भएको छ लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनुपर्छ ।’ 

मन्त्री डा. महतले पूँजी प्रवाहका लागि मौद्रिक नीति छिटो ल्याउन जरुरी रहेको बताए । सरकार आफैले सबै कुरा गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहयोग, बैंकिङ क्षेत्रको सहयोग र सबै क्षेत्रको सहयोगबाट फराकिलो र समावेशी आर्थिक वृद्धि, रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । 

Skip This
Skip This
Logo