केटीएम आरसी २०० अब मासिक २० हजार किस्ताबन्दीमै किन्न सकिने

केटीएम आरसी २०० अब मासिक २० हजार किस्ताबन्दीमै किन्न सकिने

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा केटीएमका मोटरसाइकल बिक्री-वितरण गरिरहेको हंसराज हुलासचन्द एन्ड कम्पनीले ग्राहकलक्षित आकर्षक अफर ल्याएको छ ।  

कम्पनीका अनुसार हाल ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि बाँकी रकम १८ महिना सम्म किस्ताबन्दीमा तिर्नेगरी केटीएम आरसी २०० खरिद गर्न सकिनेछ । नेपाली बजारमा यसको मूल्य ६ लाख ७४ हजार ९ सय रुपैयाँ छ । यस अनुसार शुरुमा डाउन पेमेन्टको रुपमा ३ लाख ३७ हजार ४५० रुपैयाँ बुझाउनुपर्छ । 

यसमा १ वर्षको इन्स्योरेन्स रकम र रजिष्ट्रेशन शुल्क लगायतका रकम पनि बुझाउनु पर्ने हुनाले केही बढी रकम बुझाउनुपर्छ । १८ महिनासम्म मासिक किस्ता हिसाब गर्दा २० हजार २६५ रुपैयाँ हुन आउँछ । यस अनुसार इन्स्योरेन्सको १३ हजार ५ सय र मासिक किस्ता तथा अन्य सबै जोड्दा शुरुको महिनामा भने ३ लाख ७२ हजार रुपैयाँ बुझाउनुपर्छ । 

नेपालमा गत वर्ष भित्रिएको केटीएम आरसी २०० लाई ग्राहकहरुले एकदमै रुचाएका छन् । यसमा २०० सीसी लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ जसले १० हजार आरपीएममा २५ पीएस पावर तथा ८ हजार आरपीएममा १९.२ एनएम टर्क जेनेरेट गर्छ । सो मोटरसाइकलमा ६ स्पिड गियर बक्स रहेको कम्पनीले जनाएको छ । 

Logo