काठमाडौं ।
यतिबेला लकडाउनले सबै क्षेत्र प्रभावित बनाएको छ । व्यापार, व्यवसाय त झन चौपट बनायो । अब पुरानो अवस्थामा फर्कन धेरै समय लाग्ने निश्चित छ ।
लकडाउनले सलुन व्यवसायलाई पनि उत्तिकै असर गरेको छ । हामीले यसपटक हेयर स्टाइलिष्ट निल डेविड कट्वालसँग लकडाउनले पारेको प्रभावका बारेमा कुराकानी गरेका छौं ।
कुराकानीका क्रममा उनले अन्य क्षेत्र जस्तै सलुन व्यवसाय पनि प्रभावित भएको बताएका छन् । बन्दले गर्दा संचालन हुन नसकेका सलुन व्यवसायहरु अब माथि उठ्न निकै समय लाग्ने उनको भनाई थियो ।
निल डेबिट कट्वाल नेपालका साथै भारतमा समेत उत्तिकै सक्रिय हेयर स्टाइलिष्ट हुन् । उनका सलुनहरु हाल दुवै देशका विभिन्न शहरहरूमा संचालित छन् । लकडाउनपछि नेपाल र भारतका साथै तेस्रो मुलुकमा पनि आफ्ना सलुन तथा एकेडेमीलाई विस्तार गर्ने योजनामा आफू रहेको उनले बताएका छन् ।
हेयर स्टाइलिष्ट डेविडलाई भारतको प्रतिष्ठित ‘ग्लोवल एजुकेशन लिडर्स फोरम इन्डिया’ ले नेपाल संयोजकको रुपमा समेत नियुक्त गरेको छ । उनीसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा :





























प्रतिक्रिया