तरकारी र फलफूलको मूल्य आज कति ?

तरकारी र फलफूलको मूल्य आज कति ?

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार, नेपाली सानो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३० रुपैयाँ, सेतो आलु २४ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, लोकल गाजर ७० रुपौयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ ।

त्यस्तै, भारतीय सुकेको प्याज ३४, लोकल घिउ सिमी १००, मटरकोशा १५०,तने बोडी ४०,भन्टा डल्लो ५०,भटमासकोशा १२०,तिते करेला ५०,लौका४०,परवल ९०,घिरौंला ५०,हरियो फर्सी ४०,कन्य च्याउ १४०,डल्ले च्याउ ३५०,कुरीलो ३००,ब्रोकाउली १५० र तोफु १२०,रुख कटहर ५०,लोकल काँक्रो १२० रुपैयाँमा बिक्री भैइरहेको छ । 

आज चमसूरको साग १००, पालुंगो साग १००,रायो साग ३०,तोरीको साग ३०,हरियो प्याज ५०,हरियो लसुन १२०,मेथिको साग ९०, हरियो धनियाँ ४०,रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ । 

त्यस्तै, हरियो अंगुर १५०, भारतीय सुन्तला १४०, अनार २५०,कागती २००, आभोकाडो ५००,तरबुजा ३५,फूजी स्याउ २५०,मौसम १५०, केरा दर्जनको १३०,दशहरी आँप (भारतीय) २२० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

Logo