पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नेविसङ्घको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गरी कोरोनाका कारण जनता छटपटिरहेको, व्यापार व्यवसाय खस्केको र रोजगारी गुमेको विकराल अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि ठीक नभएको भन्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।

“एकातिर राजनीतिक अस्थिरताको भूमरीमा देश परिरहेको र अर्कातिर कोरोनाका कारण दैनिक जीवन कष्टकर हुँदै गएको बेला जनताको ढाड सेक्ने गरी भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दछौँ”, उनले भने ।

अध्यक्ष ढुङ्गानाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने बताए । नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएकाले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य बढाइएको बताएको छ ।

Logo