गणतन्त्रविरुद्ध लाग्ने भीभीआइपीहरुको सुविधा खोस्न सांसद महासेठको माग

गणतन्त्रविरुद्ध लाग्ने भीभीआइपीहरुको सुविधा खोस्न सांसद महासेठको माग


नेकपा एमालेका नेता रघुवीर महासेठले केही भीभीआइपीहरु विदेशी भूमिमा गएर गणतन्त्रविरुद्ध लागेको बताएका छन् । 

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद महासेठले विदेशमा गएर गणतन्त्रविरुद्ध लाग्ने भीभीआइपीहरुको सुविधा खोस्न माग गरेका हुन् । 

उनले भने, ‘केही भीभीआईपीहरुले गणतन्त्रको विरुद्धमा, व्यवस्थाको विरुद्धमा विदेशी भूमिमा गएर विदेशीहरुसँग छलफल गरिरहेका छन् । यदि यो कुरा यथार्थ हो भने सरकारलाई अनुरोध गर्न चाहन्छु । त्यस्ता भीभीआईपीहरु जो गणतन्त्रको विरुद्धमा विदेशमा गएर षड्यन्त्र गरिरहेका छन् त्यस्ता भीभीआईपीहरुको सुविधाहरु खोस्नुपर्छ ।’

Logo