नेपाली व्यवसायी संघ कतारले २० वटा हवाई टिकट निःशुल्क उपलब्ध गराउने

नेपाली व्यवसायी संघ कतारले २० वटा हवाई टिकट निःशुल्क उपलब्ध गराउने

केन्द्रबिन्दु
0
Shares

  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कोरोना कहर र यसबाट प्रभावित भई समस्यामा परेका नेपालीहरूलाई उद्धार गर्न कतारस्थित नेपाली व्यवसायी संघ कतारले स्वदेश फिर्तीका लागि २० वटा हवाई टिकट कतारस्थित राजदूतावासको रोहवरमा उपलब्ध गराउने भएको छ।

रोजगार गुमाई विषम परिस्थिति श्रृजना भएका, उच्च मानसिक तनाव व्यहोर्नु परेका, कोभिड १९ बाहेक अन्य विरामी भएका तर हवाई उडानका लागि अनुमति पाएका (फिट टू फ्लाईट) तर हवाई टिकट व्यवस्था गर्न नसक्ने वास्तविक पीडित छानविन गरि कतार स्थित नेपाली नियोगले प्रमाणित गरेको कामदारलाई मात्र उक्त टिकट उपलब्ध गराउने संघका अध्यक्ष महेन्द्र चौलागाईंले जानकारी दिएका छन् ।

पीडितहरूले दूतावासको (ईमेल, फोन वा ह्वाट्सएप मार्फत) सम्पर्क गरी निवेदन पेश गर्नु पर्ने छ । उक्त निवेदनका आधारमा विशेष समितिले छानविन गरी सिफारिस गरिएकाहरुलाई सहयोग गरिने भएको छ । कतारबाट अहिलेसम्म २४ सय नेपाली स्वदेश फिर्ता भई सकेका छन् भने अझै फिर्ता हुने क्रम जारी नै छ।

नेपालीहरूको व्यवसायलाई प्रवर्धन गर्ने, अनुशासित र मर्यादित गर्ने तथा नेपाली व्यवसायीहरूलाई एकताको सुत्रमा बाँध्ने उद्देश्यले शुरु भएको संघले विगत ३ वर्षदेखि सामाजिक कार्यमा निकै सक्रियता देखाउँदै आएको छ।

Skip This
Skip This
Logo