डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले संचालन गरेको 'मेरो डिजिटल देश' अभियानमा पूर्णबहादुर श्रेष्ठले घर जित्न सफल भएका छन् ।
शुक्रबार इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनीका कार्यकारी अधिकृतले इसेवा मनि ट्रान्सफरको आधिकारिक फेसबुक पेजमार्फत गरेकाे प्रत्यक्ष डिजिटल गोलाप्रथामा विजेता श्रेष्ठले ललितपुरको घर जित्न सफल भएका हुन् । उनले महालक्ष्मी नगरपालिका -४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जितेका हुन् ।
उनले युएईबाट ईसेवा मनि ट्रान्सफरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिट्यान्स पठाएका थिए ।
प्रत्यक्ष प्रसारण कार्यक्रममा बोल्दै इसेवा मनि ट्रान्सफरका निर्देशक डेनियल डी श्रेष्ठले विजेता श्रेष्ठलाई धन्यवाद व्यक्त गरे । 'नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तर्गतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ । यस अभियानप्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरूलाई म धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि कम्पनीले रेमिट्यान्स्लाई डिजिटल बनाउँदै अझ छिटो र विश्वसनिय बनाउन निरन्तर लागि रहनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।' उनले भने ।

ईसेवा मनि ट्रान्स्फरले विदेशबाट आउने रेमिट्यान्सलाई बैधानिक बनाउन प्रोत्साहन गर्ने उदेश्यले 'मेरो डिजिटल देश' अभियान सार्वजनिक गरेको थियो । डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको कम्पनीले मेरो डिजिटल देश अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ईसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप ललितपुरकाे साढे दुई तलाको घर दिने घोषणा गरेको थियो ।
७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । 'मेरो डिजिटल देश अभियान'अन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहार समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सलाई बैधानिक बनाउने कुरामा मेरो डिजिटल देश' अभियान अन्तर्गतको Win your dream house सफलतापूर्वक सम्पन्न भएको बताए । 'हामीले जुन उदेश्यका साथ यो अभियान सञ्चालन गरेका थियौं, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो । आगामी दिनमा पनि मेरो डिजिटल देश' अभियानलाई निरन्तरता दिँदै बैधानिक रेमिट्यान्स्लाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ ।' उनले भने ।
ईसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।





























प्रतिक्रिया