नारायणी अटो विजनेश प्रा.लिले सिएट सप नामक सिएट टायरको नयाँ सोरुम ललितपुरको बालकुमारीमा शुभारम्भ गरेको छ। शनिबार सिएट इंडियाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापारका भाइस प्रेसिडेन्ट सत्य रावले नयाँ सोरुमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै भाइस प्रेसिडेन्ट रावले भने, ‘सिएट टायरको नयाँ सोरुमले नेपाली ग्राहकहरुको बद्लिदो इच्छा एवं आवश्यकतालाई सर्वोत्कृष्ट ढंगले परिपूर्ति गर्ने मलाई पूर्ण विश्वास छ ।’ उनले सिएट इंडिया नारायणी अटो बिजनेससँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाई नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक रहेको पनि जानकारी दिए।
यस्तैगरी, नारायणी अटो विजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा आफूलाई हर्ष एवं गौरवको अनुभव भएको बताए । उनले यो सोरुमले नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न एक कोशेढुंगा सावित हुने पनि दावी गरे ।

सिएट इंडियाका नेपाल र भुटानका कन्ट्री मेनेजर राजपाल चड्डाले सिएट टायरको गुण एवम विशेषताहरुबारे प्रष्ट पारे।
यस्तै, सिएट टायरका नेपालस्थित आधिकारिक विक्रेता एसटिसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले भने,‘यो टायर ब्राण्ड लामो समयदेखि नेपाली ग्राहकहरुको पहिलो रोजाईमा पर्न सफल ब्राण्ड हो ।’
‘हामी निरन्तर उनीहरुलाई गुणस्तरीय एवम भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिवद्ध छौँ ।’ उनले थपे ।

यस नयाँ सोरुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरुप ५ देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएकाे छ ।
अन्य उस्तै खालका टायरभन्दा उत्कृष्ट कार्यक्षमताको लागि सिएटले पाँच ताराको मान्यता प्राप्त गरेको छ। गाडीहरुको चक्कामा सरल एवं सन्तुलित तवरले प्रयोग गर्न सकिने सिएट सुरक्षाका विशेषताहरुले पनि सम्पन्न छ । त्यसैगरी, यस उत्पादनले इन्धनको खपत न्यूनीकरण गर्न पनि सहयोग गर्ने पनि बताइएकाे छ ।































प्रतिक्रिया