सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने घोषणा गरेको छ ।
संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बताएका हुन् ।
योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै, सामाजिक सुरक्षा कोषलाई दिगो र प्रतिफलमुखी बनाउन कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाइने अर्थमन्त्री महतको भनाइ छ ।
कोषको रकम कामदारको स्वास्थ्य उपचार, सन्ततिको शिक्षा तथा परिवारको बीमामा परिचालन गर्ने बताउँदै उनले व्यवसाय सञ्चालन र व्यावसायिक सीपसम्बन्धी तालिम सञ्चाालनमा समेत उपयोग गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।































प्रतिक्रिया