तरकारी र फलफूलको मूल्य आज कति ?

तरकारी र फलफूलको मूल्य आज कति ?

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार,नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ३० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १४ रुपैयाँ, रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३२ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको प्याज ३९ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ७०, लोकल घिउ सिमी ५०, भटमासकोशा ११०, मटरकोशा १७०, राजमा सिमी ११०,तिते करेला ३०, लौका ५०, परवल लोकल ८०, पाकेको फर्सी ४०, फर्सी हरियो २५, घिरौंला ५०, भिण्डी ६०, सलगम ७०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २५०, ब्रोकाउली ९०, तोफु ११०, लोकल काँक्रो ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। 

चमसूरको साग १००, पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग ४० हरियो लसुन ६०, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ २०० रुपैयाँ प्रतिकेजी तोकिएको छ । 

त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, तरबुजा हरियो ४०, भारतीय दसहरी आँप १८०, मौसम १५०, अनार ३००, केरा दर्जनको १३०, फूजी स्याउ २८०, आभोकाडो ४०० र मेवा भारतीय ११० र लिच्ची भारतीय २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ । 

Skip This
Skip This
Logo