कर्णालीको बजेटमा यस्ता छन् उद्योग र वन तथा स्वास्थ्यका योजनाहरू [पूर्णपाठ]

कर्णालीको बजेटमा यस्ता छन् उद्योग र वन तथा स्वास्थ्यका योजनाहरू [पूर्णपाठ]


कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/ ८१ को वार्षिक बजेट तथा कार्यक्रममा उद्योग र वन सम्बन्धी योजनालाई समेटिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा पुराना केही योजनाको निरन्तरता दिँदै नयाँ योजनाहरु समेटिएको हो ।

महिला आर्यआर्जन विकासका लागि ७ करोड रुपैँया विनियोजन गरिएको छ भने महिलाको स्वामित्वमा रहेका उद्योगलाई प्रोत्साहन कार्यक्रम गरिने छ । भौगोलिक पहिचानसाग जोडिने उद्योग सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ । प्रदेशको औद्योगिक ऐन तजुर्मा गरिने भएको छ । साथै, एक जिल्ला एक उत्पादन, सिपसँग सहयोग कार्यक्रमबाट उत्प्रेरित गरिने बताइएको छ । रैथाने उत्पादनको बजारीकराणका लागि कोशेली तथा सौगात घर स्थापना र अनलाई सौगात डट कम सञ्चालन गरिने भनिएको छ ।

विशिष्टकृत वस्तुको उत्पादन प्रशोधनका लािग प्राविधिक सहयोग उपलब्ध गराउने प्रत्येक जिल्लामा सिप विकास कार्यक्रम सञ्चालन गर्ने योजना समेटिएको छ । वन वातावरण तथा जलाधार व्यवस्थापनका लागि दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने भएको छ । लेक तथा पाटन संरक्षण विशेष कार्यक्रम, जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय नीति कार्यन्वयन, वृक्षारोपण योजनालाई विस्तार गर्ने, समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम मार्फत औषधीय र जडिबुटीयोग्य प्रशोधन कार्यक्रम सञ्चालन गर्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए ।

यस्ता छन् वार्षिक बजेटमा समेटिएका स्वास्थ्य योजना  वार्षिक बजेट तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको विकासका लागि बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको बजेटमा सुर्खेतस्थित प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने बताइएको छ ।

प्रदेश अस्पताल सुर्खेतको तला थप गर्न ५५ करोड ५६ लाख विनियोजन गरिएको छ भने शिक्षण अस्पताल बनाउन आवश्यक रकम विनियोजन गरिएको छ । सल्यान, रुकुम पश्चिम, डोल्पा र दैलेकखमा स्वास्थ्य सम्बन्धी निर्माणाधीन बहुवर्षिय पूवाृधार निर्माणका लागि ३१ करोड विनियोजन गरिएको छ । कर्णालीका सबै जिल्ला अस्पताललाई ५० शैय्या अस्पताल बनाइने बताइएकाे छ । सुर्खेतको सालकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरोन्नती गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

सुत्केरी पोषण कार्यक्रम, पोषिलो पिठो वितरण कार्यक्रम, विपन्नलाई स्वास्थ्य विमा कार्यक्रम, विपन्नलाई प्रेषणमा यातायात खर्च उपलब्ध गराउने, नागरिक स्वास्थ्य परिक्षण सेवा सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । साथै, बजेटमा मृगौला डायलासिस सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सल्यानबाट सेवा विस्तार गर्ने, निःशुल्क र अतिआवश्यक औषधीको सहज आपुर्ति हुने व्यवस्था मिलाउन बजेट विनियोजन गरिएको छ ।

यसैगरी महामारी नियन्त्रण तथा प्रतिकार्य योजनाका लागि २ करोड विनियोजन गरिएको मन्त्री सिंहले बताए । टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाईने । खोप अभियानलाई तिव्र बनाई आर्थिक वर्ष २०८०/८१ मा प्रदेशलाई पूर्ण खोप घोषणा गरिने बताइएको छ । साथै, महिला स्वास्थ्य स्वंयम्सेविकालाई वार्षिक १० हजार रुपैँया प्रोत्साहन भत्ता दिईने भएको छ । सामुदायिक स्वास्थ्य सेवालाई प्रवद्र्धन गर्न २ करोड विनियोजन गएिको छ । आयुर्वेद उपचारलाई अस्पताल तथा अनुसन्धान केन्द्रको सुदृढिकरण गरिने जनाइएको छ ।

 

Logo