१० दिनमै पेट्रोलियम पदार्थको दुई पटक मूल्य वृद्धि किन ? (भिडियोसहित)

१० दिनमै पेट्रोलियम पदार्थको दुई पटक मूल्य वृद्धि किन ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा व्यवहारिक रुपमा नै मूल्य वृद्धि भएको बताएको छ । दश दिनको अवधिमा दुई पटक मूल्यवृद्धि गरेको भन्दै आलोचना भइरहेको बेला निगमले ‘अटो प्राईसिङ’ भन्दा पनि व्यवहारिक रुपमा समायोजन भएको बताएको हो ।

भारतीय आयल निगमबाट आएको मूल्यसूची अनुसार हरेक १५ दिनमा समायोजन गर्नु पर्ने भए पनि पछिल्लो समय निगमले दश दिनको अवधिमा २ पटक मूल्य बढाएको छ । यद्यपी निगमले अटो प्राईसिङ भन्दा व्यवहारिक रुपमा मूल्य समायोजन गर्दा ३ रुपैयाँ सस्तो भएको बताएको छ ।

हरेक १५ दिनमा समायोजन गर्नु पर्ने प्रकृया अनुसार अहिले पेट्रोलको मूल्य १ सय ५ रुपैयाँ ५० पैसा, डिजेलको ९१ रुपैयाँ ५० पैसा र एलपी ग्यासको मूल्य १४ सय ५ रुपैयाँ हुने भए पनि व्यवहारिक रुपमा समायोजन हुँदा आज पेट्रोल १ सय २, डिजेल ८८ र एलपी ग्यासको मूल्य १३ सय ७५ रहेको निगमले जनाएको छ । निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले १६ जुलाईमा अटो मेकानिजमले २ रुपैयाँ बढाउन भने पनि निगमले त्यसो नगरेको बताए ।

Logo