अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । नाडाले ६८औं भन्सार दिवसको उपलक्ष्यमा भन्सार कर तथा भिसिटिएस सम्बन्धि प्रशिक्षण कार्यक्रम संचालन गरेको हो ।
नाडाका अध्यक्ष कृष्ण दुलालले भन्सार कर तथा भिसिटिएस सम्बन्धी विस्तृत जानकारी दिने उद्धेश्यले प्रशिक्षण कार्यक्रम संचालन गरेको जनाकारी दिए । उनले सातवटै प्रदेशमा संस्थागत सदस्यहरु मार्फत प्रशिक्षण कार्यक्रम अघि बढाइने बताउंदै सन्दर्भ मूल्य हटाएर व्यवसायीले स्वघोषणा गरिएको मूल्य कायम हुनुपर्ने बताए ।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले काठमाडौंमा १३ वटा कर कार्यालय भए पनि एउटा मात्रै भन्सार कार्यालय बताउंदै भन्सारसँग नागरिकको साक्षत्कार हुन नसकेको बताए । भन्सारका गतिविधि, कामहरुका विषयमा जानकारी दिन प्रशिक्षण कार्यक्रमले सहयोग गर्ने उनले बताए ।
प्रकाशित: ९ माघ २०७६ १४:४६ बिहीबार