यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। 

जसअनुसार,भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, ठूलो गोलभेँडा नेपाली ४० रुपैयाँ,रातो आलु ४३ रुपैयाँ,सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ७० रुपैयाँ,लोकल बन्दा ५ रुपैयाँ, प्याज सुकेको ४४ रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, तने बोडी १००,मकै बोडी ८०,घिउ सिमी लोकल ८०, राजमा सिमी ९०,भटमासकोशा ९०,तितो करेला ६०,लौका ६०,परवल लोकल ९०,पाकेको फर्सी ३०,डल्लो फर्सी हरियो ३०, घिरौंला ५०,भिण्डी ९०, स्कूस ५०, कन्य च्याउ १२० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २००, ब्रोकाउली ८०,तोफु११०,लोकल काँक्रो ६०रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ। 

तोरीको साग ३० हरियो लसुन १००, हरियो प्याज ९०, रायो साग ४०, धनियाँ १०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ। त्यस्तै, तरबुजा हरियो९०,मलदह आँप ७०,मौसम १८०,अनार ४००,केरा दर्जनको १२०,कागती १५०,स्याउ फूजी ३००,आभोकाडो ६०० र मेवा भारतीय १३० र लिच्ची लोकल ८०, जुनार २००रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।

Skip This
Skip This
Logo