अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट गर्ने तयारी गरीएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार असार २२ गते आइपीओ बाँडफाँटको तयारी गरिएको छ ।
यसमा मागभन्दा २५.८८ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ। यसमा १२ लाख ८२ हजार ४६३ जनाले कुल १ करोड ३९ लाख ६४ हजार ७१० कित्ताको लागि आवेदन दिएका छन्। जसमा ५३ हजार ९५० जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १२ लाख २८ हजार ५१३ जनाको भने हात खाली हुनेछ।
कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ताका सेयर बिक्री खुला गरेको थियो। कुल ६ लाख ५० हजार कित्ता सेयर आइपीओ मध्य ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरिसकेको छ।
त्यस्तै, ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो। रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। केयर नेपालले २०७९ कात्तिक ४ गते उक्त रेटिङ दिएको थियो।
यो रेटिङ २०८० कात्तिक ४ गतेसम्म बहाल रहनेछ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। केयर नेपालले २०७९ कात्तिक ४ गते उक्त रेटिङ दिएको थियो। यो रेटिङ २०८० कात्तिक ४ गतेसम्म बाहल रहनेछ।





























प्रतिक्रिया