मारुती सुजुकीले प्रिमियम एमपीभी ‘इन्भिक्टो’ लन्च गरेको छ । हाइब्रिड इन्जिन मात्र दिइएको यस एमपीभी ‘इन्भिक्टो’ भारतीय अटोमोबाइल बजारमा सार्वजनिक गरिएको हो ।
मारुती सुजुकी र टोयोटाको साझेदारीमा बनेको यो पहिलो अटोमेटिक इन्जिन मात्र भएको कार हो । यसमा ४ सिलिन्डर २.० लिटर इन्जिन दिइएको छ । कारको कम्बाइन्ड पावर १८३ बीएचपी छ भने म्यानुअलको साथ सीभीटी ट्रान्समिसन विकल्प पनि राखिएको छ ।
प्रिमियम फिचर उपलब्ध रहेको यस कारमा भेन्टिलेटेड फ्रन्ट सिट, डुअल जोन एसी, सनशेड, कट विन्डशिल्ड, पावर टेलगेट, ३६० डिग्री भ्यु मोनिटर, रियर डोर सनशेड, फ्लेक्जिबल सिट, मल्टिपल स्टोरेज, फोल्डिङ साइड टेबल, मल्टिपल चार्जिङ पोर्ट, पर्सनल रिडिङ ल्याम्पजस्ता सुविधाहरू समावेश छन् ।
साथै कारलाई विशेष सुरक्षा दिन ६ वटा एयरब्याग दिइएको छ । कारमा ई–कल सुविधासहित सुजुकी कनेक्ट दिइएको छ । अगाडि र पछाडि डिस्क ब्रेक प्रदान गरिएको छ। अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक दिइएको छ । ईबीडीका साथ एबीएस, हिल होल्ड असिस्ट सहित भेइकल स्टेबिलिटी कन्ट्रोल प्रदान गरिएको कम्पनीले जनाएको छ ।
हाल इन्भिक्टोका ३ भेरियन्ट बजारमा ल्याइएका छन् जसमा जेटा प्लस ७ सिटर, जेटा प्लस ८ सिटर र अल्फा प्लस ७ सिटर रहेका छन्, जसमा जेटा प्लस ७ सिटरको मूल्य २४ लाख ७९ हजार, जेटा प्लस ८ सिटरको मूलय २४ लाख ८४ हजार र अल्फा प्लस ७ सिटरको मूल्य २८ लाख ४२ हजार भारु तोकिएको छ ।
हाल कम्पनीले यस कारको बुकिङ खुलाएर नेक्सा डिलरसिपबाट बिक्री पनि सुरु गरेको बताइएको छ ।































प्रतिक्रिया