कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जस अनुसार आज,गोलभेँडाको मूल्य आज १० रुपैयाँले बढेको छ। बिहीबार ८० रुपैयाँमा बिक्रि भएको नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य आज १० रुपैयाँले बढेर ९० रुपैयाँमा बिक्रि भएको छ।
रातो आलुको मूल्य भने आज स्थिर नै रहेको छ। बुधबार ४५ रुपैयाँमा बिक्रि भएको आलुको मूल्य आज पनि४५ रुपैयाँमा रहेको छ। त्यस्तै,स्थानीय काउलीको मूल्य पनि १० रुपैयाँले वृद्धि भएको छ। हिजोको मूल्य ५०रुपैयाँ भने आज६० रुपैयाँ पुगेको छ। लोकलबन्दाको मूल्य भने ८ रुपैयाँ प्रतिकेजीमा कायम रहेको छ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल ११०, मूला रातो ४०, भन्टा लाम्चो ८०, मकै बोडी ९० घिउ सिमी हाइब्रीड १२०, भटमास कोशा ९०,तितो करेला १००, लौका ७०,फर्सी पाकेको ४० प्रतिकेजी मूल्य र्निधारण गरेको छ।
त्यस्तै, पालूगो सागप्रति केजी ८०रुपैयाँ तोकिएको छ। केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००,कागती १४०,अनार ४००, आँप माल दह ७०, आँप दसहरी ८०,अंगुर कालो ५५०,तरबुजा हरियो ८० रुपैयाँ प्रतिकेजी तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।





























प्रतिक्रिया