कुमारी बैंकको संस्थापक सेयर लिलामी खुल्यो

कुमारी बैंकको संस्थापक सेयर लिलामी खुल्यो

केन्द्रबिन्दु
0
Shares

कुमारी बैंकले शुक्रबारदेखि ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ।यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति,कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्।

यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा असार २९ गतेसम्म आवेदन दिन मिल्नेछ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल,लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ।

Logo