यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

यस्ताे छ आजको फलफूल तथा तरकारीको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार आज, गोलभेडाको मूल्य आज स्थिर नै रहेको छ। शुक्रबार ९० रुपैयाँमा बिक्रि भएको नेपाली ठूलो गोलभेँडा न्यूनतम मूल्य आज पनि ९० रुपैयाँ नै रहेको छ। रातो आलुको मूल्य भने आज स्थिर नै रहेको छ।शुक्रबार ४५ रुपैयाँमा बिक्रि भएको आलुको मूल्य आज पनि ४५ रुपैयाँमा नै रहेको छ। 

त्यस्तै, स्थानीय काउली पनि शुक्रवारको मूल्यमा नै बिक्रि भइरहेको छ। हिजो ६० रुपैयाँमा विक्रि भएको काउली आज पनि सोही मूल्यमा बिक्रि भइरहेको छ। लोकल बन्दाको मूल्य भने आज २ रुपैयाँले बढेर ८ रुपैयाँ प्रतिकेजीमा कायम भएको छ। 
  
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००,घिउ सिमी लोकल ११०, मूला रातो ४०, मूला सेतो १५,भन्टा लाम्चो ८०,मकै बोडी ९०,घिउ सिमी हाइब्रीड १२०, भटमासकोशा ८०, तितो करेला ११०, लौका ७०,फर्सी पाकेको ४० प्रतिकेजी मूल्य र्निधारण गरेको छ। त्यस्तै,पालूगो सागप्रति केजी ८० रुपैयाँ र रायोको साग पनि प्रतिकेजी ८० रुपैयाँ तोकिएको छ।
 
केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ ३००,कागती १४०,अनार ४००,आँप मालदह ९०,आँप दसहरी ८०,अंगुर कालो ५५०,तरबुजा हरियो ८० रुपैयाँ प्रतिकेजी तोकिएको तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ।     

Skip This
Skip This
Logo