जोन्टेसका यी तीन नयाँ मोटरसाइकल नेपाली बजारमा भित्रिँदै, कति पर्छ मूल्य ?

जोन्टेसका यी तीन नयाँ मोटरसाइकल नेपाली बजारमा भित्रिँदै, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
0
Shares

जोन्टेसका तीन नयाँ मोटरसाइकल एकैपटक नेपाली बजारमा भित्रिने भएका छन् । नेपालका लागि आधिकारिक वितरक आइरन मंक प्रालिले जेडटी १२५–यू१, जेडटी–३१०टी र जेडटी–३५० टी मोडलका नयाँ मोटरसाइकल भित्र्याउन लागेको हो । 

कम्पनीका अनुसार बजारमा नयाँ मोटरसाइकल अरेन्ज, व्ल्याक र व्लु गरी कुल तीन कलर अप्सनमा उपलब्ध हुने छ । जेडटी १२५–यू१, जेडटी–३१०टी र जेडटी–३५० टी मोडलका मोटरसाइकल क्रमशः १२५, ३१२ र ३४८ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । बजारमा जेडटी १२५–यू१ को मूल्य ४ लाख ३९ हजार, जेडटी–३१०टी लाई ८ लाख ९९ हजारदेखी ९ लाख ९९ हजार र जेडटी–३५० टीको १० लाख ४९ हजार ९०० रुपैयाँ पर्ने जनाइएको छ ।

यस मोटरसाइकलको वुकिङ केही दिनपछि खुल्ने र आगामी भदौ महिनामा आयोजना हुने नाडा आटो शोमा लन्च गरिने कम्पनीको तयारी छ । 

Logo