शनिबार पनि बैंकहरु खुल्ने

शनिबार पनि बैंकहरु खुल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भोलि शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने भएका छन् । असार मसान्त नजिकिँदै गर्दा राजश्व संकलनका लागि शनिबार पनि बैंकहरु खोल्न लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई असार मसान्तसम्म शनिबार तथा सार्वजनिक बिदाका दिनमा समेत शाखा कार्यालयहरू खोल्न निर्देशन दिएको हो । बैंक मात्रै होइन क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउस समेत भोलि शनिबार खुला रहने राष्ट्र बैंकले जनाएको छ ।

यस अघि पनि सरकारले असार मसान्तमा राजश्व संचालनमा लागि शनिबार तथा सार्वजनिक विदाका दिनमा पनि बैंक तथा वित्तीय संस्था खोल्दै आएको थियो । कोरोनाका कारण भने गत वर्षको तुलनामा सरकारले चाहे अनुरुपको राजश्व उठाउन सकिरहेको छैन । तर ठूला करदाता र बैंक तथा वित्तीय क्षेत्रले कर तिर्दा सरकारलाई केही राहत भएको छ भने अर्थतन्त्र पनि विस्तारै चलायमान हुँदैछ ।

Skip This
Skip This
Logo