यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार गाजर र काउलीको मूल्य स्थिर छ। गाजर आज प्रतिकेजी १२० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ। शुक्रबार प्रतिकेजी ८० रुपैयाँमा किनबेच भएको काउली आज पनि सोही मूल्यमा विक्रि भइरहेको छ। 

त्यस्तै,समितिले आजको लागि लोकल सानो गोलभेँडाको मूल्य ४० रुपैयाँ तोकेको छ।ठूलो गोलभेँडाको न्युनतम मूल्य पनि स्थिर छ। आजप्रतिकेजी ८० रुपैयाँमा ठूलो गोलभेँडा पाइने छ। समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी २ रुपैयाँले बढेर आज प्रतिकेजी ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने,सेतो आलुको न्यूनतम मूल्य ३५ रुपैयाँ रहेको छ। 

समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी २ रुपैयाँले बढेर १२ रुपैयाँ पुगेको छ। यस्तै, घिउ सिमी लोकल ४०,मूला रातो ३०,मूला सेतो लोकल १५,भन्टा लाम्चो ४०,मकै बोडी ६०, भटमास कोशा ७०,तितो करेला ५०,लौका ६०,परवल ५०,फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०,कन्ने च्याउ १७०, डल्ले च्याउ २३०, काँक्रो लोकल ५०,कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ। 

रायोको साग प्रतिकेजी ८० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ। त्यस्तै, फलफूमा केरा दर्जनको १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० पुगेको छ। कागती हिजोको तुलनामा प्रतिकेजी ४० रुपैयाँले बढेर १५० पुगेको छ।

अनारको मूल्य पनि २० रुपैयाँले बढेको छ। आज,अनार प्रतिकेजी ४००,आँप मालदह १५०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०, मौसम २२०,किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ।

Logo