नेप्सेमा हिमालयन लघुवित्तको बोनस सेयर सूचीकृत

नेप्सेमा हिमालयन लघुवित्तको बोनस सेयर सूचीकृत

केन्द्रबिन्दु
0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन लघुवित्त वित्तीय संस्था (तत्कालीन सिभिल लघुवित्त) को ३ लाख १६ हजार ९३६.८८ कित्ता बोनस सेयर सूचीकृत भएको छ। 

यस संस्थाले गत वर्ष लगानीकर्तालाई वितरण गरेको ११ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ। तत्कालीन सिभिल लघुवित्तको ११औं वार्षिक साधारण सभाले नाम परिवर्तन गरेर हिमालयन लघुवित्त राख्ने प्रस्ताव पारित गरेको थियो। 

Skip This
Skip This
Logo