राष्ट्र बैंक सञ्चालक समितिद्वारा मौद्रिक नीति पारित

राष्ट्र बैंक सञ्चालक समितिद्वारा मौद्रिक नीति पारित

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गर्दैछ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीति पारित गरेको छ। आज बिहानदेखि बसेको बैठक भर्खर सकिएको छ।

सरकारले आर्थिक वर्ष २०८०/८१ का निम्ति बजेट सार्वजनिक गरेको डेढ महिना बितेपछि मौद्रिक नीति आउन लागेको हो। केही बेरमै वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ। मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन भने ३ बजे याक एण्ड यति होटलमा डाकिएको छ ।

Logo