कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। तरकारी बजारले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो तरकारी र केही फलफूलको मूल्य आज केही घटेर आएको छ।
तरकारी बजार विकास समितिका अनुसार गोडभेंडाको मूल्य बढेर आएको छ भने कन्ने च्याउमा २० रुपैयाँ घट्दा डल्ले च्याउको प्रतिकेजी २० रुपैयाँ मूल्य बढेर आएको छ। परवलमा पनि प्रतिकेजी १५ रुपैयाँँले मूल्य घटेको छ।
आज ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी ९० रुपैयाँ तोकेको छ। लोकल सानो गोलभेँडाको मूल्य ४० रुपैयाँ छ। आइतबारको तुलनामा ठूलो गोडभेँडा प्रतिकेजी १० र सानो गोडभेँडा ५ रुपैयाँले बढेर आएको छ। समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने सेतो आलुको न्यूनतम मूल्य ३ रुपैयाँले बढेर ३८ रुपैयाँ पुगेको छ।भारतीय सुकेको प्याज ४९ रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १२ रुपैयाँ कायम रहेको छ।
त्यस्तै, घिउ सिमी लोकल ३०,मूला रातो ३०,मूला सेतो लोकल १२,भन्टा लाम्चो ४०,मकै बोडी ४०, भटमास कोशा ७०,तितो करेला ५०, लौका ६०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ५०,कन्ने च्याउ १६०, डल्ले च्याउ ३००, काँक्रो लोकल ५०,कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ। रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ।
त्यस्तै,फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ। कागती हिजोको तुलनामा प्रतिकेजी ४० रुपैयाँले घटेर १६० माझरेको छ। अनार आज प्रतिकेजी २० रुपैयाँले घटेर ३८०,आँप मालदह १५०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०,मौसम २२०,किवि ८००, मेवा ९० रुपैयाँ नासपाति लोकल ६० रुपैयाँ प्रतिकेजी मूल्य तोकिएको छ।





























प्रतिक्रिया