नेपालका लागि मारुती सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले दुई गाडी फ्रोङ्क्स र जिम्नीको मूल्य सार्वजनिक गरेको छ ।
केहीदिन पहिलेदेखि नै बुकिङ खुला गरिएको यस दुई गाडी फ्रोङ्क्स र जिम्नीको मूल्य सोमबार सार्वजनिक गरिएको हो ।
बजारमा दुई भेरिएन्टमा उपलब्ध भएको सुजुकी जिम्नीका जिम्नी जेटाको मूल्य ५९ लाख ९९ हजार र जिम्नी अल्फाको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । साथै तीन भेरिएन्टमा आएके सुजुकी फ्रोङ्क्सको भने सिग्माको ३९ लाख ९९ हजार रुपैयाँ, डेल्टाको ४१ लाख ९९ हजार रुपैयाँ र डेल्टा प्लस भेरिएन्टको ४२ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
साउन महिनाभित्रै नेपाली बजारमा उपलब्ध हुने बताइएको यस दुई गाडी आगामी भदौ अन्तिममा आयोजना हुने नाडा अटो शोमा आकर्षण बन्ने छन् ।
फ्रोङ्क्समा पहिलो १.२ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन छ, यसले ८९ बीएचपी पावर जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल र एएमटी विकल्पमा उपलब्ध छ । अर्कोतर्फ १.० लिटर ३ सिलिन्डर टर्बो पेट्रोल इन्जिन छ, जसले ९९ बीएचपी पावर जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरबक्समा उपलब्ध छ ।
कारमा ६ एयर ब्याग, ३६० डिग्री क्यामेरा, एचयूडी, एप्पल कार प्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने ९ इन्चको इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल, रियर एसी भेन्ट्स, वायरलेस चार्जर जस्ता फिचर पनि प्रदान गरिएको छ ।
मारुती सुजुकी जिम्नीमा के सिरिजको १.५ लिटर पेट्रोल इन्जिनको मात्र विकल्प दिइएको छ, सो इन्जिनले १०५ बीएचपीको पावर र १३४ एनएमको टर्क उत्पादन गर्छ । कारमा स्ट्यान्डर्ड फिचरको रूपमा फोर ह्विल दिइएको छ ।































प्रतिक्रिया