राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र अन्तर्राष्ट्रिय मुद्रा कोषको मिशन टोलीबीच भेट

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र अन्तर्राष्ट्रिय मुद्रा कोषको मिशन टोलीबीच भेट

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठसँग अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले भेट गरेको छ। आईएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो। 

भेटमा आइएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औँ योजना तर्जुमाको विषयमा चासो राखेको थियो। १६ औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पव्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति,अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो। 

छलफलपछि आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यबाद दिएका थिए। जुलाई २० मा नेपाल आएको आइएमएफको मिशन टोली २६ जुलाईसम्म नेपालमा रहने छ। भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए। 

Skip This
Skip This
Logo