कोका-कोला इन्डियाको फ्रेन्चाइज भाइस प्रेसिडेन्टमा अजयविजय बथिजा नियुक्त

कोका-कोला इन्डियाको फ्रेन्चाइज भाइस प्रेसिडेन्टमा अजयविजय बथिजा नियुक्त

केन्द्रबिन्दु
0
Shares

कोका–कोला इन्डियाले अजयविजय बथिजालाई फ्रेन्चाइज अपरेसन फर साउथवेस्ट एशिया एसडब्लूए को भाइस प्रेसिडेन्टमा नियुक्त गरेको छ । करिब २४ वर्षको करियर यात्रामा उनले मार्केटिङ एण्ड फ्रेन्चाइजमा एक्स्पर्टिजको रुपमा काम गरेका छन् ।

सन् १९९९ मा अजयले हिन्दुस्तान कोका-कोला बेभरेज प्रालि एचसीसीबीपीएल र फ्रन्ट लाइन सेल्स टिमसँग आफ्नो व्यावसायिक यात्रा शुरु गरेका थिए । उनी २००५ मा स्याब्को भियतनाममा मेकोंग डेल्टा क्षेत्रको लागि रिजन म्यानेजर पनि रहेका  थिए । यो निर्णायक भूमिकामा उनले भोल्युम ड्राइभ गर्न सेल्स अपरेसन र रुट-टु-मार्केट रणनीतिहरूको नेतृत्व गरेका थिए ।

उनी कोलाजका लागि मार्केटिङ डाइरेक्टरको रूपमा भारत फर्केपछि 'शेयर अ कोक' अभियानको नेतृत्व गरेका थिए । उनले सफलतापूर्वक कोका-कोला जिरो सुगर पहिलोपटक भारत र दक्षिणपश्चिम एशियाका बजारमा ल्याएका थिए ।

बथिजाले एकीकृत मार्केटिङ अभियानहरू मार्फत थम्स अपलाई पुनरुत्थान गर्नमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए । जसको परिणाम स्वरूप ब्रान्डको लोकप्रियतामा वृद्धि भएको थियो ।

२०१८ देखि २०२० सम्म बंगलादेशका लागि कन्ट्री म्यानेजरको रूपमा अजयले विश्वव्यापी रूपमा द कोका–कोला कम्पनीभित्र बंगलादेशलाई कोका-कोलाका टप ३ बजारहरूमा ल्याउन बोटलिंग पार्टनरहरूसँग नजिक रहेर काम गरेका थिए । सन् २०२० मा उनी फ्रन्ट लाइन मार्केटिङमा वरिष्ठ डाइरेक्टर हुन पुगे, जहाँ उनले पोर्टफोलियो स्ट्राटेजी पङ्क्तिबद्ध रुपमा संचालन गरेका थिए ।

Logo