जानकी फाइनान्सको साउन १३ गते साधारण सभा बस्ने भएको छ। कम्पनीले २६ औँ सभा डाकेको हो। यता, फाइनान्सले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ। लाभांश वितरण सम्बन्धी एजेन्डा छैन।
कम्पनीले गत वर्ष भने १५% बोनस सेयर र कर तिर्न ०.७९% लाभांश वितरण गरेको थियो। साधारण सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश गर्दैछ।
सभामा कम्पनीको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। यस्तै,आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
सभा,मसाला कटेज,तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ। साधारण सभा प्रयोजनका लागि जानकीले साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ। साउन १ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।





























प्रतिक्रिया