मौद्रिक नीतिले अटो क्षेत्र चलायमान हुने संकेत

मौद्रिक नीतिले अटो क्षेत्र चलायमान हुने संकेत

केन्द्रबिन्दु
0
Shares

करिब डेढ वर्षदेखि चलायमान हुन नसकेको अटो क्षेत्र आइतबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले भने केही चलायमान हुने देखिएको छ। 

मौद्रिक नीतिका अनुसार २५ लाख रूपैयाँसम्मको अटो कर्जाको भार १५० प्रतिशतबाट घटाएर एक सय प्रतिशत राख्नुपर्ने व्यवस्था गर्न लागिएको हो। यस सम्बन्धमा राष्ट्र बैंकले छिट्टै परिपत्र जारी गर्ने समेत उल्लेख गरेको छ।

कोभिड १९ को महामारी, नेपाल सरकारले २०७९ वैशाख १६ गतेदेखि मंसिरसम्म सवारी आयातमा लगाएको प्रतिबन्धदेखि अटो कर्जामा लगाएको कडाइका कारण अटो क्षेत्र चलायमान हुन सकेको थिएन्। 

तर नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अटोमोबाइल बजारको मनोविज्ञान उकास्ने रणनीति लिएको देखिएको छ ।

गत असार ७ गते आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नाडाका प्रतिनिधिले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर निजी गाडी किन्दाको मूल्यको ५० प्रतिशत मात्रै ऋण पाइने व्यवस्था रहेकोमा त्यसलाई बढाएर ८० प्रतिशत पुर्‍याइदिन सुझाव दिएका थिए।

Logo