कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तरकारी तथा फलफूलको मूल्य सामान्य घटेको छ।
तरकारी बजारले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो तरकारी र केही फलफूलको मूल्यसा मान्य घटेर आएको जनाएको हो। जसअनुसार ठूलो गोडभेँडाको मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर आएको छ। ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज ९० रुपैयाँ रहेको छ।
लोकल सानो गोलभेँडाको मूल्यभने हिजोको तुलनामा स्थिर ३५ रुपैयाँ नै कायम छ।रातो आलु ४८ रुपैयाँ र सेतो आलुको न्यूनतम मूल्य ३ रुपैयाँले बढेर ३८ रुपैयाँ पुगेको छ।
समितिका अनुसार स्थानीय काउली ८० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा गाजरको मूल्य ११० रुपैयाँ प्रतिकेजी पुगेको छ। घिउ सिमी लोकल ३०, मूला रातो २५, मूला सेतो लोकल १०,भन्टा लाम्चो ३०,मकै बोडी ४०,भटमास कोशा ७०,तितो करेला ५०,लौका ४०,परवल ४०,फर्सी पाकेको ५० हरियो फर्सी (डल्लो) ५०,कन्ने च्याउ १५०, डल्ले च्याउ २८०,काँक्रो लोकल ५०,कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ।
रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज७० रुपैयाँ न्युनतम मूल्य रहेको छ। त्यस्तै,फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ। फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ। कागती हिजोको तुलनामा प्रतिकेजी २० रुपैयाँले घटेर १३० मा झरेको छ।
अनार ३५० मा आज पाइने छ। आँप मालदह १२०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०,मौसम २२०,किवि ८००,मेवा ९० रुपैयाँर नासपाति लोकल ७० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ।





























प्रतिक्रिया