रिलायबल नेपाल लाइफको आईपीओमा आजसम्म आवेदन दिन सकिने

रिलायबल नेपाल लाइफको आईपीओमा आजसम्म आवेदन दिन सकिने

केन्द्रबिन्दु
0
Shares

रिलायबल नेपाल लाइफ इन्स्याेरेन्सको आइपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरु आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। यस इन्स्याेरेन्सले असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणलाई जारी हुने १ करोड २० लाख कित्ताको १०% अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको छ। यसले फेस भ्यालूमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले आइपीओ बिक्रीमा ल्याएको हो। यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४ सय कित्ताका लागि आवेदन दिन पाइनेछ। 

लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्याेरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ। यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

Logo