आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

आज कतिमा काराेवार हुँदैछ सुनचाँदी ?

केन्द्रबिन्दु
0
Shares

नेपाली  बजारमा आज सुनको भाउ ५ सय रूपैयाँले बढेकाे छ। मंगलबार  १ लाख १२ हजार २ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ७ सय  रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख १२ हजार १ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य १० रूपैयाँले बढेकाे छ। मंगलबार प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ६५ रूपैयाँमा काराेवार भइरहेकाे छ।

Logo