बजाज मोटरसाइकलका यी मोडलको मूल्य बढ्यो, अब कति ?

बजाज मोटरसाइकलका यी मोडलको मूल्य बढ्यो, अब कति ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बजाज मोटरसाइकलको मूल्य बढेको छ । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले १० वटा मोडलका मोटरसाइकलमा २ हजारदेखी ५ हजार रुपैयाँसम्म मूल्य बढाएको हो । 

कम्पनीका अनुसार एभेन्जर १६० स्ट्रिट, पल्सर २०० एनएस एविएस, पल्सर १६० एन डुअल एविएस विएस६ र डिस्कोभर १२५ मा ५ हजारका दरले मूल्य बढाएको छ । अब यसको मूल्य क्रमशः ३ लाख ६१ हजार ९०० रुपैयाँ,  ३ लाख ८४ हजार ९०० रुपैयाँ, मुल्य ३ लाख ९१ हजार रुपैयाँ र २ लाख ३६ हजार ९०० रुपैयाँ तोकिएको छ । 

त्यसैगरी पल्सर १५० एसडीमा र टीडीमा ३ हजार रुपैयाँ बढाएर क्रमशः २ लाख ९३ हजार ९०० र ३ लाख ११ हजार ९०० पुर्याइएको छ भने प्लाटिनमा २ हजार बढेर भई १ लाख ९९ हजार ९०० पुगेको छ । 

Logo