रोयल इनफिल्ड हन्टरले पूरा गर्‍यो २ लाख यूनिटको माइलस्टोन, नेपाल कहिले भित्रिएला ?

रोयल इनफिल्ड हन्टरले पूरा गर्‍यो २ लाख यूनिटको माइलस्टोन, नेपाल कहिले भित्रिएला ?

केन्द्रबिन्दु
0
Shares

रोयल इनफिल्ड हन्टरले २ लाख युनिटको माइलस्टोन पूरा गरेको छ । भारतीय बजारमा लन्च भएको एक वर्ष नपुग्दै हन्टर ३५० मोटरसाइकल २ लाख युनिट बिक्री गर्न सफल भएको हो । 

सार्वजनिक भएकाे पहिलो ६ महिनामै १ लाख युनिट मोटरसाइकल बिक्री गर्न सफल भएको कम्पनीले पछिल्लो ५ महिनामै अर्को १ लाख युनिट बिक्री गरेकाे हो ।

हन्टर ३५० तीन भेरियन्टमा भारतीय बजारमा बिक्री भइरहेको छ, जसमा हन्टर रेट्रो, हन्टर मेट्रोर र हन्टर मेट्रो रेवेल रहेको छ । 

हन्टर रेट्रो यसको बेस भेरियन्ट रहेको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको छ । बेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसका अन्य भेरियन्टमा भने डबल डिस्क ब्रेक तथा कनेक्टेड फिचरसहितको कन्सोलका साथै डबल च्यान एबीएस उपलब्ध छ । बेस भेरियन्टमा भने सिंगल च्यानल एबीएस पाउन सकिन्छ ।

तर, हालसम्म यो मोटरसाइकल नेपाली बजारमा भित्रिएको छैन । ग्राहकले प्रतीक्षा गरिरहेको यस मोटरसाइकल रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोबाइल्सले भदौकाे अन्तिममा हुने नाडा अटो शो २०२३ मा सार्वजनिक गर्ने तयारी गरिरहेको पाइएको छ । तर, आधिकारीक रुपमा भने कुनै सूचना सार्वजनिक भएको छैन । 

Skip This
Skip This
Logo